काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ढाँट–छल’को राजनीति गरेको आरोप लगाएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संवैधानिक परिषद बैठकको सन्दर्भमा ओलीले आफूसहित पार्टीपंक्तिलाई ढाँटेको आरोप लगाएका हुन् ।
संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउनु अघि पार्टीसँग कुनै छलफल नै नगरेका ओलीले परिषदको बैठक बसिसकेको अवस्थामा समेत आफूहरुले राखेको जिज्ञासामा ‘कुनै निर्णय नभएको’ जवाफ दिएको प्रचण्डले जिकिर गरे । तर संवैधानिक परिषदको बैठकले संवैधानिक अंगमा नियुक्तिको सिफारिस गरेको कुरा पछिआएर सार्वजनिक भएको उनले बताए ।
त्यसअघि ओलीसँगको छलफलमा अध्यादेश फिर्ता लिने र आफूहरुबाट संसदको विशेष अधिवेशनका लागि दिएको समावेदन फिर्ता लिने सहमति भएको पनि उनले प्रस्ट पारे । यसबीचमै संवैधानिक परिषदको बैठक बसेको खबर आएको र आफूहरुले ओलीसँग जिज्ञासा राख्दा ‘नियुक्ति भएका छैनन्’ भन्ने जवाफ पाएको प्रचण्डको भनाइ थियो ।
‘सबै पदाधिकारीको निर्णय भइसकेको रहेछ,’ उनले भने, ‘प्रधानमन्त्री, पार्टी अध्यक्षजस्तो मान्छेले त्यस्तो ढाँट–छलको राजनीति गर्नुहुन्छ ? त्यस्तो मान्छे नेता भएको पार्टीको गति के हुन्छ ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ पुस २०७७, १६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस
क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध हुन ‘प्रचण्ड’को अपिल