काठमाडौँ । प्रहरीले अवैधरुपमा हुन्डीको कारोवार एक जनालाई पक्राउ गरेको छ । काठमाडौँको न्यूरोडबाट १३ लाख ५ हजार रुपैयाँसहित धादिङ खनियाबास गाउँपालिका–३ बस्ने २५ वर्षीय बिर्ज तामाङ पक्राउ परेका हुन् ।
लामो समयदेखि अवैध हुण्डीको कारोवार गर्दै आएको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको काठमाडौँ पहरी प्रमुख अशोक सिंहले जानकारी दिए ।
‘न्यूरोडमा समानान्तर बैकिङ हुण्डी कारोबार (अबैध हुण्डी कारोबार गर्ने) तामाङलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा स्रोत खुलाउन नसेको हुण्डी कारोबारको १३ लाख रुपैयाँ बरामद भएको छ’सिंहले भने ।
उक्त रकमसहित तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ पुस २०७७, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली परीक्षार्थी पक्राउ
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ