काठमाडौं । बीमा विभिन्न आकर्षक प्रलोभन देखाएर बीमा कम्पनीले कोरोना संक्रमण बीमा गरे पनि त्यसको भुक्तानी सर्वसाधारण जनताले मात्र होइन जनप्रतिनिधिले समेत रकम पाउन सकेका छैनन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित १ सयभन्दा बढी जनप्रतिनिधिले कोरोना संक्रमण भएपछि बीमा दाबी गरेर निवेदन दिएको दुई महिना बित्दासमेत रकम पाउन नसकेको गुनासो गरेका छन् । दुई महिनाअघि नै काठमाडौं महानगरपालिका प्रमुख तथा कर्मचारीहरुले भुक्तानीका लागि निवेदन दिएको भए पनि अहिलेसम्म रकम पाउन नसकेको गुनासो उनीहरुले गरेका छन् ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार जनप्रतिनिधि र कर्मचारी गरी १ सयभन्दा बढीको बीमा रकम दाबी गरेर बीमा कम्पनीमा बुझाएको भए पनि विभिन्न बहाना बनाएर अहिलेसम्म ४० जनाको मात्रै रकम भुक्तानी गरेको र अन्यको रकम पाउन सकेका छैनन् । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ पुस २०७७, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर
काठमाडौँ महानगरले २० हजार भन्दा धेरै विद्यार्थीलाई दियो छात्रवृत्ति
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन काठमाडौं महानगरको आग्रह
काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने