काठमाडौं । बीमा विभिन्न आकर्षक प्रलोभन देखाएर बीमा कम्पनीले कोरोना संक्रमण बीमा गरे पनि त्यसको भुक्तानी सर्वसाधारण जनताले मात्र होइन जनप्रतिनिधिले समेत रकम पाउन सकेका छैनन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित १ सयभन्दा बढी जनप्रतिनिधिले कोरोना संक्रमण भएपछि बीमा दाबी गरेर निवेदन दिएको दुई महिना बित्दासमेत रकम पाउन नसकेको गुनासो गरेका छन् । दुई महिनाअघि नै काठमाडौं महानगरपालिका प्रमुख तथा कर्मचारीहरुले भुक्तानीका लागि निवेदन दिएको भए पनि अहिलेसम्म रकम पाउन नसकेको गुनासो उनीहरुले गरेका छन् ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार जनप्रतिनिधि र कर्मचारी गरी १ सयभन्दा बढीको बीमा रकम दाबी गरेर बीमा कम्पनीमा बुझाएको भए पनि विभिन्न बहाना बनाएर अहिलेसम्म ४० जनाको मात्रै रकम भुक्तानी गरेको र अन्यको रकम पाउन सकेका छैनन् । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ पुस २०७७, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन पूर्ण प्रतिबन्ध
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर