काठमाडौं । खुमलटारमा आज प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा ओलीले सहमतिमा आउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओली शनिबार बिहान करिब ११ बजे खुमलटास्थित प्रचण्ड निवास पुगेर आफूविरूद्धको ‘आरोपपत्र’ फिर्ता लिएर सहमतिमा अगाडि बढ्न आग्रह गरेका हुन्।
तर प्रधानमन्त्रीको प्रस्ताव प्रचण्डले अस्वीकार गरे। उनले आफ्नो अडान कायमै रहेको भन्दै पार्टी एकतालाई बलियो बनाउन आफ्नो प्रतिवेदन उपर्युक्त रहेको जवाफ दिएका थिए।
‘बैठकमा प्रधानमन्त्री ओलीले प्रस्ताव फिर्ता लिइदिनुपर्यो भन्ने पुरानै आग्रह दोहोर्याउनु भयो,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘अध्यक्ष प्रचण्डले बैठकमा प्रस्तुत भएको प्रस्ताव फिर्ता नहुने भन्दै स्थायी कमिटी बैठकमा छलफल गरेर निष्कर्षमा पुगौं भन्नुभयो।’
खुमलटार स्रोतका अनुसार, आजको छलफलमा कुनै ठोस सहमति हुन सकेन। ‘हिजो–अस्तिकै निरन्तरता मात्र हो’ स्रोतले भन्यो, ‘चर्चा र अपेक्षा गरिएजस्तो कुनै ठोस कुरा भएन ।’
करिब एक घन्टा चलेको छलफलमा नेता वामदेव गौतम र माधव नेपाल को समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ पुस २०७७, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी