काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका छन्।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ वार्ता गरिरहेका बेला उपाध्यक्ष गौतम खुमलटार पुगेका हुन् ।
पार्टी समिकरणमा महत्वपूर्ण मानिएका गौतम पौने ११ बजे खुमलटार पुगेको प्रचण्ड सचिवालयले जनाएको छ । ओली र प्रचण्डबीच ११ बजेदेखि वार्ता भइरहेको छ।
गौतमले पछिल्लो पटक प्रचण्डको पक्षमा दरिलोसँग उभिएको बताउँदै आएका थिए। शनिबार हुने ओली, प्रचण्ड र गौतमबीच हुने त्रीपक्षीय वार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ।
ओली पक्षका नेताहरुले शनिबार ओली र प्रचण्डबीच सघन वार्ता हुने र सहमति पनि हुन सक्ने दाबी गरेका छन्। तर प्रचण्ड पक्ष त्यसमा त्यति आशावादी छैनन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ पुस २०७७, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी