क्रिकेटर पारस खड्का पुनः टिम अबुधाबी टी–२० लिगमा अनुबन्धित

सफल खबर संवाददाता

शनिबार, ०४ पुस २०७७, ०९ : ०५
क्रिकेटर पारस खड्का पुनः टिम अबुधाबी टी–२० लिगमा अनुबन्धित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर पारस खड्का टीम अबुधाबी टी–२० लिगमा पुनः अनुबन्धित भएका छन् । उनलाई टीम अबुधाबीले शुक्रबार अलराउण्डर पारसलाई नयाँ सिजनको लागि इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा नियुक्त गरेको हो ।

उनले टीम अबुधाबीमा अनुबन्धित भएसंगै आफु नयाँ भूमिकाबाट आफू उत्साहित भएको जनाएका छन् । पारसले शनिबार बिहान सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै यसबाट आफू उत्साहित रहेको र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्न मद्दत गर्ने बताएका छन् । ‘टीम अबुधाबीसँगको नयाँ भूमिकालाई लिएर उत्साहित छु । आशा छ, क्रिकेटिङ टाईअपबाट अन्तर्राष्ट्रिय लेभलमा नेपाली क्रिकेट विकास गर्न सकिन्छ । र टीम अबुधाबी मार्फत हाम्रा क्रिकेटरका लागि अवसर प्राप्त गर्न सकिनेछ ।’ उल्लेख गरेका छन् । 

अब हुने टी–१० लिगका लागि नेपाली टिमका पूर्व कप्तान समेत रहेका पारसले मेन्टरको भूमिका खेल्नेछन् । उनी टिमको कोचिङ स्टाफको रुपमा रहने अबुधाबीले जनाएको छ । गत सिजन पारसले टीम अबुधाबीका लागि खेलेका थिए । पारसले पहिलो पटक टिम अबुधाबी मार्फत नै विदेशी लिगमा सहभागिता जनाएका हुन् । चौथो संस्करणको टी–१० लिग युएईमा आगामी वर्ष जनवरी २६ देखि फेब्रुअरी ६ सम्म हुनेछ । 

प्रतिक्रिया दिनुहोस