काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन आनाकानी गरिरहनुमा कांग्रेस सभापति शेरबहादुर देउवाको भूमिका कारण हुन सक्ने आशंका गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन् ।
उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन दिउँसो माइतीघर पुगेका पौडेल त्यहींबाट दाहाल र नेपालसँग भेट्न कोटेश्वर पुगेका थिए । स्रोतका अनुसार दाहाल–नेपालले कांग्रेस सभापति देउवाको भूमिका शंकास्पद रहेको भनाइ पौडेलसँग राखेका थिए ।
प्रधानमन्त्री ओलीले अध्यादेश जारी गरेलगत्तै बसेको पहिलो बैठकबाट अख्तियारलगायत आयोगहरूमा पदाधिकारी सिफारिस गरिएको र संसदीय सुनुवाइ समितिबाट पारित हुने निश्चित नभएपछि सार्वजनिक नगरिएको बुझाइ दाहाल–नेपाल पक्षको थियो ।
प्रधानमन्त्रीको बालुवाटारस्थित सचिवालयले अध्यादेश जारी गर्नमा प्रमुख प्रतिपक्षी दलको नेताले समेत स्वीकृति दिएको भनेर अनौपचारिक रूपमा जानकारी गराएका कारण पनि दाहाल–नेपाल पक्षलाई सशंकित बनाएको स्रोतले बतायो । पौडेलले संविधान, कानुनविपरीतका निर्णय र कदमलाई सभापतिको चाहनाले मात्रै साथ दिन नसक्ने बताएका थिए । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०४ पुस २०७७, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प
०८४ को निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैनः ओली
एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैनः ओली
विधान महाधिवेशनमा विद्याको विषय छलफल नहुने ओलीको अडान
ओलीलाई फरक मतको डर, विद्यान महाधिवेशन अगाडी केन्द्रीय कमिटी बैठक अनिश्चित