चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई भरतपुर महानगरले सहुलियतपुर्ण ऋणको व्यवस्था गरिएको बताएकी छिन् । उनले त्यसबाट लाभ लिई सिकेको सिपलाई व्यवसायमा परिणत गर्न आग्रह समेत गरेकी छिन् ।
अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवश २०२० को अवसरमा सुरक्षित आप्रवासन परियोजना अन्र्तगत सुरक्षित वैदशिक रोजगारीका लागि आप्रवासन केन्द्रको जिल्ला प्रशासन कार्यालयमा उदघाटन गर्दै सो धारणा राखेकी हुन् । उनले भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षको निति तथा कार्यक्रममा ‘विदेशको सिप स्वदेशमा अवसर’ कार्यक्रम मार्फत बजेटको व्यवस्था समेत गरिएको बताईन् ।
वैैदेशिक रोजगारलाई सुरक्षित र ब्यावस्थित बनाउन सबैको सामुहिक प्रयासले मात्र सम्भब हुने बताउदैं उनले सकभर स्वदेशमै केही गर्न र वैदेशिक रोजगारीमा जानै पर्ने भए स्थान ,सेवा सुरक्षा र आम्दानीको सुनिश्चितता गरेर मात्र जान आग्रह गरिन् । उनले यसैका लागि आज उदघाटन गरिएको आप्रवासी केन्द्रले सेवा प्रवाह गर्ने बताईन् । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले वैदेशिक रोजगारको क्षेत्रलाइ सुरक्षित र ब्यावस्थित गर्नुपर्नेमा जोड दिए ।
उनले जिल्ला प्रसासन परिसरमा स्थापित सुरक्षित वदेशिक रोजगारीका लागि स्थापना गरिएको आप्रवासी स्रोत केन्द्रले मनावैज्ञानिक परामर्श र सुरक्षित आप्रवासन सम्बन्धी जानकारी दिने बताए । सोही अवसरमा सामी परियोजना बाग्मती प्रदेशका संयोजक तरूणकान्त अधिकारीले सामे परियोजनाले वैदेशिक रोजगारमा गएका कामदारहरूको सुरक्षित आप्रवासनमा सहजिकरण गर्ने गरेको बताउदै यसलाइ अभियानको रूपमा बढाउदैं वैदेशिक रोजगारलाइ सुरक्षित र ब्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
उनले भने–‘यो आयोजनाको मुख्य उदेश्य भनेकै वैदेशिक रोजगारलाइ सुरक्षित बनाउदै कसरी बढी लाभ लिन सकिन्छ भन्नेमा काउन्सिलिङ गर्नु नै रहेको छ ।’ ज्ञान, सिप र सही सुचना सहित वैदेशिक रोजगारीमा जानेहरूको मात्र वैदेशिक रोजगार सफल हुने बताउदैं उनले वैदेशिक रोजगारबाट आयको बिप्रेसणलाइ सही सदुपयोग गर्न चेतना प्रवाह गर्नुका साथै मनोसामाजिक परामर्ष समेत प्रदान गर्ने सामी परियोजनाको मुख्य उद्येश्य रहेको बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरूड्् ,मेड नेपालका अध्यक्ष बाबुराम केसी, भरतपुर महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष ओमप्रकास पोखरेल, रत्ननगर नगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष गोबिन्द भट्टराइ लगायतले सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा रहेका समस्या र समाधानका बिषयमा आ–आफ्नो धारणा राखेका थिए ।
सुरक्षित आप्रवासन (सामी) सम्बन्धी कार्यक्रम भरतपुर महानगरपालिकाका वडा नम्बर ११, १३, १४, १६, र २२ मा संचालित छ । स्वीस सरकार र श्रम तथा रोजगार मन्त्रालयको आर्थिक सहयोगमा संचालित कार्यक्रम मेड नेपाल, सामे र हल्भेटासले संचालन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ पुस २०७७, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेयर दाहालद्धारा ६ कोठे विद्यालय भवन र प्रहरी कार्यालय भवनको शिलान्यास
स्थापनाको छ दशकपछि विद्यालयको पक्की भवन
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा अब विशेषज्ञ सेवा
फिल्म ‘तेलभिसा’को छायांकन सकियो