काठमाडौं । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी सत्तारुढ दलको गोटी बनेको आरोप लगाएका छन् । उनले स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति नबनाउँदा समस्या भएको समेत बताएका छन् ।
विपक्षी दल निकट पहिलो राष्ट्रपतिले मन्त्रिपरिषद्ले गरेको सिफारिस गरेका कुनै अध्यादेश जारी नगरेर निर्वाचित सरकारलाई असफल पारेको स्मरण गर्दै उनले सत्तारुढ दल निकट दोस्रो राष्ट्रपतिले भने प्रधानमन्त्रीको लहडको अध्यादेशलाई पनि क्षणभरमै जारी गरिदिएको भन्दै आक्रोश पोखेका छन् ।
सबैले आत्मसमीक्षा गरौ भन्दै भट्टराईले भनेका छन्, ‘विपक्षी दलका पहिलो राष्ट्रपति मन्त्रिपरिषद्ले पारित गरेका कुनै अध्यादेश जारी नगरेर निर्वाचित सरकारलाई असफल पार्ने । सत्ताधारी दलकी दोश्रो राष्ट्रपति प्रमको लहडको अध्यादेशलाई मिनेटमा जारी गर्ने ! कतै पहिलो राष्ट्रपति पदका जायज हकदार स्वतन्त्र व्यक्ति रामराजाको सराप त लागेको हैन ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० मंसिर २०७७, १९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०० दिनको समीक्षा गर्दै बाबुराम भट्टराईले भने : ‘नयाँ सरकारलाई केही समय दिन उपयुक्त
रास्वपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठुलो भूल हुनेछ : डा भट्टराई
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई