काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समृद्ध र सबल नेपालको निर्माणका लागी राजसंस्थाको वकालत गरेको दाबी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटर माफर्त अध्यक्ष थापाले मुलुकमा राजा आउ देश बचाउ भन्दै भईरहेका आन्दोलनको आलोचना भईरहेका बेला यस्तो धारणा व्यक्त गरेका हुन् ।
थापाले राजसंस्था वकालतका क्रममा कसले के भन्छ भन्ने आँफुहरुलाई चिन्ता नहुने बताएका छन् । अध्यक्ष थापाले धर्म संस्कृति, परम्परा, इतिहासको संरक्षण र सम्बर्द्धन गर्दै प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा समृद्ध र सबल नेपालको निर्माण गर्नुपर्छ भन्ने सम्वर्द्धनवादी सिद्धान्तमा बिश्वास गर्ने भएकोले हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गरेको बताएका हुन् ।
उनको ट्वीट यस्तो छ–‘धर्म संस्कृति,परम्परा,इतिहासको संरक्षणरसम्बर्द्धन गर्दै प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा समृद्ध र सबल नेपालको निर्माण गर्नुपर्छ भन्ने सम्वर्द्धनवादी सिद्धान्तमा बिश्वास गर्ने भएकोले हामीले हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गरेका हौँ। कसले के भन्छ भन्ने हामीलाई चिन्ता हुंदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० मंसिर २०७७, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा