पारस खड्कालाई कोरोना संक्रमण पुष्टी

सफल खबर संवाददाता

शुक्रबार, २६ मंसिर २०७७, १९ : २२
पारस खड्कालाई कोरोना संक्रमण पुष्टी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण देखिएको छ ।पारसले आफैले शुक्रबार साँझ सामाजिक सन्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।

दुई दिनदेखि आफूमा सामान्य लक्षण देखिएकाले सुरक्षित बसेको भन्दै बिहीबार बेलुकादेखि स्वाद र गन्ध थाहा नपाउने लक्षण देखिएपछि शुक्रबार कोरोना परीक्षण गराएको उनले बताए । 

उनले आफु होम आइसोलेसनमा रहेको र केही दिनपछि सुरु हुने गौतम बुद्ध कप क्रिकेट खेल्न नसक्ने उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस