सत्तारुढ नेकपाको स्थायी समिति बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, २१ मंसिर २०७७, ०९ : ४६
सत्तारुढ नेकपाको स्थायी समिति बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक बस्दैछ । दिउँसो १ बजे नेकपाको मुख्यालय धुम्बराहीमा पार्टी स्थायी समिति बैठक बस्न लागेको हो । आजको बैठकमा पार्टी सचिावलयमा प्रस्तुतु भएका दुवै अध्यक्षका प्रस्ताव, पत्राचार लगायतका डकुमेन्टहरु नेताहरुका लागि अध्ययनका लागि वितरण गरिने तयारी छ ।

त्यसपछि दुवै अध्यक्षका प्रस्तावमा स्थायी समिति सदस्यहरुले छलफलमा भाग लिनेछन् । यो बैठकप्रति अरुची देखाएका र असहमति जनाएका प्रधानमन्त्री केपी ओली भने बैठकमा जाने नजाने विषयमा अझै अनिर्णित छ । प्रधानमन्त्रीले स्थायी समितिमा फेरी गालीगलौज सुन्ने र रत्यौली नाच्ने मलाई मन छैन’ भन्दै स्थायी समितिको बैठक अन्तिमसम्म रोक्ने हिजो सचिवालय बैठकमा प्रयास गरेका थिए । तर उनको प्रयास सफल हुन सकेन् । बोलाईसकेको स्थायी समिति बैठकमै विषय प्रवेश गरेर छलफल गर्ने निर्णय गराउन अध्इक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्ष सफल भएको छ ।

बैठक नै राख्न नहुनेमा ओली र महासचिव विष्णु पौडेल मात्र देखिएका थिए । ओली निकट नेता इश्वर पोखरेल र सरकारमा रहेर ओलीलाई साथ दिदै आएका गृहमन्त्री रामबहादुर थापा (बादल) ले समेत बैठक मा छलफलमै जान्न भन्न नहुने धारणा राखिरहेका बेला ओली भने बैठक प्रति अरुची देखाईरहेका छन् । 

उनी अहिले निक्कै भयभित देखिन थालेका छन् । सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा समेत अल्पमतमा रहेका ओलीले बहुमतवाट आफु विरुद्धको निर्णय गर्न सक्ने ठानेर बैठकप्रति अरुची देखाईरहेका हुन् ।

आफु अनुकुल हुने गरी उनले पार्टीभित्रै नेताहरुमा फुटाउने र राज गर्ने नीति अवलम्बन गरेपनि यो पटक उनी त्यसमा समेत सफल हुन सकिरहेका छैनन् । सोही कारण पनि प्रधानमन्त्री ओलीले स्थायी समिति बैठक रोक्ने अनेक प्रयास गरेका थिए । तर त्यो प्रयास सफल हुन नसकेपछि आज स्थायी समिति बैठक बस्न लागेको हो ।

बैठकको अगाडी बालुवाटार र खुमलटारमा नेताहरुको आउजाउ बाक्लो देखिएको छ । आन्तरिक तयारीमा नेताहरु रहेका कारण पनि बैठकमा प्रधानमन्त्रीको उपस्थिती होला या नहोला ? सबैको ध्यान त्यत्तैतिर आर्कषित छ । ओली नआएपनि अब बैठक नरोकिने र प्रक्रियामार्फत नै अगाडी जाने गरी नेकपा अगाडी बढेको छ ।

प्रतिक्रिया दिनुहोस