तनहुँ । विवादका बीच पनि नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नै तनहुँ बुल्दीखोला पुलको उद्घाटन गरेका छन् ।
नेपाली कांंग्रेसका वरिष्ठ नेता पौडेलले बुधबार पुलको उद्घाटन गर्न पाएका थिएनन् । तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल उद्घाटन गर्न जाँदा विरोध भएको थियो। कांग्रेसका सयौं कार्यकर्ता लिएर पौडेलले पुल उद्घाटन गरेका छन् ।
बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाको समयमा पौडेल सयौँ कार्यकर्ता लिएर पुल उद्घाटन गर्न पुगेका थिए । सोही समयमा प्रहरीले नेता पौडेललाई ३ घण्टा नियन्त्रणमा लिएर छाडेको थियो ।
बिहीबार भने उक्त पुल उद्घाटनमा प्रशासनले रोक्ने प्रयास गरेन । अन्ततः पौडेलले कांग्रेसका सयौँ कार्यकर्ताका माझ पुलको उद्घाटन गरी छाडे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ मंसिर २०७७, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिराहा र धनुषा जोड्ने कमला पुलको काम धमाधम, चैतभित्र सञ्चालनमा ल्याउन लक्ष्य
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
माडी–ठोरी सडकखण्डमा निर्माणाधीन पुलको ठेक्का तोडियो
चितवनको कयरखोलमा पक्की पुल निर्माण हुँदै
सत्र करोडमा पक्की पुल निर्माण
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता