आफ्नै पार्टीका नेतालाई अझै धम्काउने रणनीतिमा प्रधानमन्त्री ओली

नेकपाका वरिष्ठ नेता माधव नेपाल भन्छन्,–‘धम्की, तमासा देखाएर कोही तर्सिदैनन, प्रधानमन्त्रीले ख्याल गरे हुन्छ’

सफल खबर संवाददाता

विहीबार, १८ मंसिर २०७७, ०९ : ३३
आफ्नै पार्टीका नेतालाई अझै धम्काउने रणनीतिमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका दुई स्टेप छन । एउटा पार्टीभित्र नेताहरुलाई लोभ, प्रलोभन देखाउने आफुतिर तान्ने, अनि संकट समाधानका लागि बहुमत जुटाउने । दोश्रो, त्यक्ति गर्दा पनि नमानेमा नेताहरुलाई धम्काउने, तर्साउने र गलाउने । पहिलो रणनीति अन्तर्गत उनले पार्टी नेताहरुलाई विभिन्न पद, प्रलोभन बाड्ने र आफ्नो संकटमा उपयोग गर्ने हो । यसमा उनले विगतमा कतिपय ट्रायल गरेर सफल पनि बनेका छन् । उनले उपाध्यक्ष वामदेव गौतमलाई संविधानतः बन्नै नसक्ने अवस्थामा पनि प्रधानमन्त्रीको कार्ड फ्याके ।

अहिले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु भन्दै कार्ड फ्याकिरहेका छन् । तर अब उनको यो रणनीति कामयाबी हुन नसक्ने देखिएको छ । एकै पदमा अनेक नेतालाई महत्वाकांक्षा देखाईदिने र अनेक प्रलोभन बाड्ने उनको यो रणनीति अहिले नेताहरुले दिनको घाम जत्तिकै छर्लगं बुझिसकेका छन् । उनले पार्टीका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालका बीचको गठबन्धन भत्काउन अनेक जुक्ति निकाले । माधव नेपाल कँहा आफु निकट नेता पठाउने, कहिले आफैंले बालुवाटार निम्ताउने र प्रचण्ड विरुद्ध भएभरका नानाथरी आरोप लगाउने र भड्काउने जमर्काे गर्थे ।

फेरि उही नेतालाई अध्यक्ष प्रचण्ड कँहा पठाउने र दुई अध्यक्षका भेटमा दुई जना मिल्नुपर्ने भन्दै वरिष्ठ नेता माधव नेपालका विरुद्ध भड्काउने काममा ओली नलागेका होइनन् । उनको यो रणनीति अहिले काम नलाग्ने अस्त्र बनेको छ । यो उनकै कारण कामयाबी हुन नसकेको हो । उनले कहिले टियरग्याँस छाडेको, कहिले मिसाइल छोडेको त यस अगाडी पार्टी बैठकमा नै समेत बताईसकेका थिए । गत वैशाखमा उनले पार्टीसँग परामर्श बिनै कोरोना कहरका बेला दल विभाजन गर्ने गरी राजनीतिक दल सम्बन्धी ऐन संसोधन गर्ने अध्यादेश ल्याए ।

त्यसपछि उनको कार्यशैलीको विरोधमा उत्रेका नेताहरुले उनको पार्टी सचिवालय भित्र राजीनामा माग भयो । उनले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने नयाँ कार्ड फ्याके । भोलिपल्टै उनले टियरग्याँस फालेको प्रतिक्रिया दिए । अब उनको नेताहरुकै बीचमा भड्काउने र भिडाउने रणनीति काम नलाग्ने अवस्थामा पुगेको छ । उनको कार्यशैली सबैले बुझेर अहिले उनको यो प्रलोभनबाट नेताहरु मुक्त भईसकेका छन् । यो रणनीति कामयाबी हुन नसकेपछि उनी अहिले दोश्रो स्टेपतिर लागेका छन् । अर्थात, धम्काउने, तर्साउने ।

अब उनको यो धम्काई पनि कामयाबी नहुने दिशातिर अगाडी बढेको छ । उनका लागि अब सचिवालय बैठकमा उपस्थित हुन हिजोको बैठकले ३ दिनको अल्टिमेटम दिएको छ । तर उनले यसभित्र पनि अनेक खेल जारी राखेका छन् । सचिवालय बैठक हिजो बालुवाटारमा बस्नु अगाडी उनले सुवास नेम्वाड, विष्णु पौडेल, इश्वर पोखरेल, भानुभक्त ढकाल लगायत सँग लामो सम्वाद गरेका थिए । साँझ पनि उनको उनै नेताहरुसँगको छलफल जारी थियो, अबेर रातीसम्म ।

उनले यसका लागि पार्टी विभाजन हुन सक्ने, अध्यादेश ल्याउने, संसद विघटन गर्ने, मध्यावधीमा जाने, काँग्रेससँग सत्ता साक्षेदारी गर्ने जस्ता अनेक धम्की नेताहरुलाई दिन थालेका छन् । गतिविधि पनि उनले त्यसैगरी समानान्तर रुपमा धम्काउने शैलीमै गर्न खोजेका छन् ।  जब उनी पार्टीभित्र संकटमा पर्छन, पार्टी बैठकले उनका विरुद्ध स्टेप चाल्न खोज्छ, उनले धम्काउने र तर्साउने गरी सोही समय पारेर समानान्तर गतिविधिको प्रयास गर्छन । अर्थात पार्टी बैठकसँगै जुधाएर कहिले मन्त्रिपरिषद्को बैठक विना एजेण्डा पनि आकस्मिक रुपमा बोलाईदिन्छन् । यो उनको तर्साउने र धम्काउने रणनीति हो । पार्टी बैठकवाट मेरा विरुद्ध कुनै निर्णय लिन खोजिए क्याबिनेटबाट अध्यादेश ल्याउने सम्मको तयारीको समानान्तर थर्काई उनले जारी राख्न खोज्छन् ।

अहिले पनि उनको यो दोश्रो स्टेपको रणनीति पनि जारी नै छ । बहुमतले अब उनका गतिविधिमाथी निर्णायक हस्तक्षेप लिन खोज्छन, उनले बहुमत अल्पमत नमान्ने, पार्टी एकता भंगको घोषणा गर्ने भन्दै बैठककै आसपास आफ्ना निकट नेतालाई कहिले निर्वाचन आयोगतिर त्यक्तिकै दौडाउँछन, कहिले कता । यो उनको पार्टी नेताहरुलाई तर्साउने रणनीति मध्येको एक हो । हिजो पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री ओली जाँदै गएनन् । उनी आफु अल्पमतमा परेपछि सकभर पार्टी बैठक छल्ने गर्दै आईरहेका छन् । सक्दा बैठक नै नबोलाउने, बैठक बोलाए नगईदिने उनको कार्यशैली छ । यो उनको नेताहरुलाई धम्काउने रणनीति हो ।

तर अब उनको यो धम्काई पनि कामयाबी नहुने दिशातिर अगाडी बढेको छ । उनका लागि अब सचिवालय बैठकमा उपस्थित हुन हिजोको बैठकले ३ दिनको अल्टिमेटम दिएको छ । तर उनले यसभित्र पनि अनेक खेल जारी राखेका छन् । सचिवालय बैठक हिजो बालुवाटारमा बस्नु अगाडी उनले सुवास नेम्वाड, विष्णु पौडेल, इश्वर पोखरेल, भानुभक्त ढकाल लगायत सँग लामो सम्वाद गरेका थिए । साँझ पनि उनको उनै नेताहरुसँगको छलफल जारी थियो, अबेर रातीसम्म ।

माधव नेपाल भन्छन्,–अब कोही तर्सिदैनन्
वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीसँग अब कुनै नेता नतर्सिने बताए । उनले हिजो आइसिडिले आयोजना गरेको कार्यक्रममा ओलीको कार्यशैलीबाट अब पार्टीका कोही पनि नेता नतर्सिने बताएका हुन् ।

‘धम्की तमासा देखाएर अब कोही तर्सिने बाला छैन् । कोही होलान्, तर्सिने, तर हामी तर्सिदैनौं । कोही मान्छे चटट्याङ लाग्दा पनि तर्सिने होलान्, उनीहरुको पछि लागेर अब केही हुदैन् । तर हामी तर्सिने बाला छैनौं । प्रधानमन्त्रीलाई २० गते सम्मको समय दिईएको छ । अब पनि बैठकमा आउनुभएन भने पार्टी अनन्तकालसम्म अनिर्णयको बन्दी भएर बस्दैन् । फटाफट अब निर्णय प्रक्रियामा जान्छ । प्रधानमन्त्रीले ख्याल गरे हुन्छ, अब कोही पनि तर्सिदैनन् ।’

जस्तो सुकै विषय पार्टीमा रहेपनि कमिटिमा छलफल गरेर निश्र्कषमा पुग्नु पर्ने भन्दै नेता नेपालले सचिवालयमा आएका विषय अब सचिवालयमा छलफल हुने, सचिवालयले निर्णय गर्न नसके स्थायी समिति र स्थायी समितिले पनि नसके केन्द्रीय समितिले निर्णय गरेर जाने पनि बताए । पार्टी कमिटिभित्र सबैको बराबरी अधिकार हुने भन्दै नेता नेपालले कसैलाई पनि विशेषाधिकार नहुने बताए ।

उनले अब पार्टीको विधान को धारा ६० मा उल्लेख भएको ब्यवस्था अनुसार बहुमत अल्पमतको प्रक्रियाबाटै सवै समस्याको समाधान खोजेर अघि बढिने पनि बताए ।  ‘मिल्दा सहमति, नमिलेमा विधानको ब्यवस्था अनुसार बहुमत अल्पमतमा जानैपर्ने हुन्छ, अब हामी त्यसैगरी अगाडी जान्छौं,’ नेपालले भने । उनले ओलीको पुस्तान्तरणको कार्ड पनि नयाँ फन्डाका लागि ल्याईएको बताए ।

आफुले भएभरको अवधी पदमा बस्ने अनि आफुले उपभोग गरिसकेपछि पुस्तान्तरण भन्ने कुरा नै गलत भएको नेपालको भनाई थियो । त्याग गर्ने खोजेको नयाँ पुस्तालाई हो भने पहिले आफैले त्याग गर्नुपर्ने बताए ।  ‘आफु भए भरको सबै अवधी पूरा बस्ने, अनि त्यागको कुरा गर्ने ? त्यो ढाँटको कुरा हो । ल आफुले पहिले त्याग गरौं ।’ नेपालले भने,–‘नयाँ भनेको उमेरले होइन, उर्जा, क्षमता, दृष्टिकोणले हुन्छ ।’