नेकपा सचिवालय बैठक स्थगित, अर्को बैठक मंसिर २० गते बस्ने

सफल खबर संवाददाता

बुधबार, १७ मंसिर २०७७, १५ : ०४
नेकपा सचिवालय बैठक स्थगित, अर्को बैठक मंसिर २० गते बस्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक केहीबेरमात्रै बसेर स्थगित भएको छ । 

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्तावका सन्दर्भमा छलफलका लागि बोलाइएको सचिवालय बैठक केहीबेरमात्रै बसेर स्थगित गरिएको हो ।

अध्यक्ष ओली नै अनुपस्थित भएपछि केहीबेर बसेर २० गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । अर्को बैठक मंसिर २० गते बस्नेछ ।

प्रतिक्रिया दिनुहोस