नेकपा सचिवालय बैठक आज पनि बस्दै

सफल खबर संवाददाता

बुधबार, १७ मंसिर २०७७, १० : १०
नेकपा सचिवालय बैठक आज पनि बस्दै

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ।  दिउँसो १ बजेका लागि तय भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली नै उपस्थित नहुने भएका छन्।  

आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हिजोको बैठकमा अध्यक्ष ओलीले बैठक अब १० दिन स्थगित गर्न भनेपनि अन्य सचिवालय सदस्य अनौपचारिक र औपचारिक छलफलका लागि बैठक बस्नुपर्ने बताएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज एक बजेका लागि बैठक बोलाएका हुन् ।

अध्यक्ष नै बैठकमा उपस्थित नहुने भएपछि आजको बैठक बस्ने कि रोक्ने भन्ने अन्योल बढेको छ। यद्यपि कार्यकारी अध्यक्ष दाहालसहितका बहुमत सदस्य जो जो उपस्थित हुन्छन्, उनीहरु मात्रै बसेर भएपनि बैठक अघि बढाउनु पर्ने पक्षमा छन् । 

मङ्सिर ३ गते बसेको सचिवालय बैठकले बिहीबारका लागि स्थायी कमिटी र २५ गतेका लागि केन्द्रीय कमिटी तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस