भक्तपुर । भक्तपुरमा स्कुटर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । सोमबार राति मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४, एस.एस. चोक नजिकै ट्राफिक आइल्याण्डमा स्कुटर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा. ७३ प ३८२ नम्बरको स्कुटर अनियन्त्रित भई ट्राफिक आइल्याण्डमा ठोक्किन पुगेको हो ।
उक्त दुर्घटनामा स्कुटर चालक मध्यपुरथिमी–९, राधेराधे बस्ने २९ वर्षीय राजु तामाङको उपचारको क्रममा मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिए ।
गम्भीर घाइते तामाङको मध्यपुर अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि नर्भिक अस्पताल लगिएकोमा त्यहाँ पुग्नेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनास्थलमा महानगरीय प्रहरी वृत्त थिमीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिइ प्रारम्भिक अनुसन्धान कार्य गरिएको र थप अनुसन्धान भइरहेको परिसरका डीएसपी गिरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ मंसिर २०७७, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु