भक्तपुर । भक्तपुरमा स्कुटर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । सोमबार राति मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४, एस.एस. चोक नजिकै ट्राफिक आइल्याण्डमा स्कुटर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा. ७३ प ३८२ नम्बरको स्कुटर अनियन्त्रित भई ट्राफिक आइल्याण्डमा ठोक्किन पुगेको हो ।
उक्त दुर्घटनामा स्कुटर चालक मध्यपुरथिमी–९, राधेराधे बस्ने २९ वर्षीय राजु तामाङको उपचारको क्रममा मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिए ।
गम्भीर घाइते तामाङको मध्यपुर अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि नर्भिक अस्पताल लगिएकोमा त्यहाँ पुग्नेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनास्थलमा महानगरीय प्रहरी वृत्त थिमीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिइ प्रारम्भिक अनुसन्धान कार्य गरिएको र थप अनुसन्धान भइरहेको परिसरका डीएसपी गिरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ मंसिर २०७७, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते
बैतडीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
सोलुखुम्बुको लोबुचेमा हेलिकोप्टर दुर्घटना
दमकमा बस दुर्घटना, १ जनाको मृत्यु, २१ घाइते