सामान आफैले लुकाएर चोरीको नाटक गर्ने महिला पक्राउ

सफल खबर संवाददाता

सोमबार, १५ मंसिर २०७७, १३ : ५५
सामान आफैले लुकाएर चोरीको नाटक गर्ने महिला पक्राउ

सांकेतिक तस्वीर

ललितपुर । सामान आफैले पुजाकोठामा लुकाएर चोरीको नाटक गरी प्रहरीलाई अनावश्यक हैरानी दिएको अभियोगमा एक जना महिला पक्राउ परेकी छन् ।

महालक्ष्मी नगरपालिका १ बस्ने कान्छी पोडेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

सानु कान्छा पोडेको घरबाट आइतबार दिउँसो नगद २६ लाख रुपैयाँ, २ थान सुनको सिक्री, बाला, झुम्का तथा चाँदीको पाउजु र २० तोला चाँदीको मन्दिर समेत चोरी भएको भन्ने खबर महानगरीय प्रहरी वृत्त सातदोबाटोमा प्राप्त हुनासाथ खटिएको प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गर्ने क्रममा चोरी भएको भनिएको उल्लेखित नगद तथा गहना सहितका सामानहरु घर धनी सानु कान्छाकी श्रीमती कान्छीले घरकै माथिल्लो तल्लाको पूजा कोठामा सेफभित्र लुकाएको अवस्थामा फेला पारी कान्छीलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस