काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एक ढिक्का हुनेमा ढुक्क रहेको बताउनुभएको छ ।
सूर्योदय नगरपालिकामा नेकपाका कार्यकर्तासँगको भेटमा नेता खनालले पार्टी एक जुट बनाउन आफू लागी पर्ने उल्लेख गर्नुभएको छ । उहाँले पछिल्लो समय नेकपाभित्र अन्तरसङ्घर्ष बढे पनि पार्टी एकताबद्ध बनाउनका लागि भइरहेको छलफलका रूपमा बुझ्न अनुरोध गर्नुभएको छ ।
“पार्टी नै फुट्छ भन्ने हल्ला चलिरहेका छन् तर आन्तरिक समस्या हल गर्नका लागि छलफल मात्र भएको हो” खनालले भन्नुभयो, “अन्तरसङ्घर्षले पार्टीलाई अझ मजबुत बनाउँछ भन्ने बुझ्नुपर्छ ।”
उहाँले पछिल्लो समय पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्तुत गरेको प्रतिवेदनसमेत आफूहरू अध्ययनमा रहेको बताउनुभयो । उहाँले प्रतिवेदन अध्ययनपछि अझ नयाँ ढङ्गले पार्टी एकता हुने विश्वास आफूले गरेको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १४ मंसिर २०७७, २० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ : झलनाथ खनाल
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल