काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको प्रस्तावको लिखित रुपमा जबाफ दिएका छन् । अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गरेको १९ पृष्ठको प्रस्तावविरुद्ध अध्यक्ष ओलीले ३८ पेज लामो जवाफ फर्काएका हुन् ।
प्रचण्डले गत कातिक २८ गते बसेको सचिवालय बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका थिए । शुरुमा उक्त प्रस्ताव फिर्ता लिनुपर्ने अडान अध्यक्ष ओलीले लिए पनि अन्नतः मंसिर ३ गते बसेको सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनको लिखित रुपमा जवाफ दिने बताउँदै प्रस्ताव तयार गर्न १० दिन समय माग गरेका थिए।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रचण्डको प्रस्तावको जवाफ दिँदै प्रचण्डले लगाएको आरोपमा कुनै तुक नरहेको दाबी गरेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १४ मंसिर २०७७, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताको सम्भावना छैन: ओली
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली