नेपाल उद्योग वाणिज्य महासंघको चुनाव जारी

सफल खबर संवाददाता

शनिबार, १३ मंसिर २०७७, १२ : १०
नेपाल उद्योग वाणिज्य महासंघको चुनाव जारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्न आज मतदान भइरहेको छ ।

उद्योगी व्यवसायीहरुको छाता संस्थाका रुपमा रहेका उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासीद्वय चन्द्र ढकाल र किशोर प्रधानलगायतका उम्मेदवारहरु बीच प्रतिस्पर्धा भइरहेको छ ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय ढकाल र प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको निर्वाचनमा यो पद अहिले सर्वाधिक महत्वपूर्ण हो ।

ढकाल एशोसिएट सदस्य भएकाले कार्की व्याङ्केटबाट र प्रधान बस्तुगत समूहको सदस्य भएकाले महासंघको केन्द्रीय कार्यालय टेकुबाट मतदान गर्दैछन् । महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ ।

कमलादीमा उद्योग वाणिज्य समूह, बबरमहलमा एशोसिएट सदस्य समूह र टेकुमा बस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइएको छ । 

प्रतिक्रिया दिनुहोस