दाङ । जन्ती चढेको जिप रुकुम पश्चिममा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ भएको दुर्घटनामा आठबीसकोट नगरपालिका ८ का कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपालीको घटनास्थलमै र वडा नम्बर ८ कै ५८ वर्षीय लालबहादुर नेपालीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।
आठबीसकोट नगरपालिका वडा नम्बर ८ को दाजेबाट जन्ती बोकेर वडा नम्बर १० को घारीखोला फर्किरहेको रा १ ज ५८९ नम्बरको जिप दाजेमा दुर्घटना भएको हो । जिप सडकबाट झन्डै १ सय मिटर तल खसेको प्रहरीले बताएको छ । जिप चालक वडा नम्बर ९ का डिल्लीबहादुर नेपाली फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ मंसिर २०७७, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते