दाङ । जन्ती चढेको जिप रुकुम पश्चिममा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ भएको दुर्घटनामा आठबीसकोट नगरपालिका ८ का कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपालीको घटनास्थलमै र वडा नम्बर ८ कै ५८ वर्षीय लालबहादुर नेपालीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।
आठबीसकोट नगरपालिका वडा नम्बर ८ को दाजेबाट जन्ती बोकेर वडा नम्बर १० को घारीखोला फर्किरहेको रा १ ज ५८९ नम्बरको जिप दाजेमा दुर्घटना भएको हो । जिप सडकबाट झन्डै १ सय मिटर तल खसेको प्रहरीले बताएको छ । जिप चालक वडा नम्बर ९ का डिल्लीबहादुर नेपाली फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ मंसिर २०७७, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु