ढकाल र प्रधान समूहबीच तीव्र प्रतिस्पर्धा

पत्रपत्रिकाबाट

शनिबार, १३ मंसिर २०७७, ०६ : ४६
ढकाल र प्रधान समूहबीच तीव्र प्रतिस्पर्धा

काठमाडौं । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन शनिबार (आज) काठमाडौंका विभिन्न तीन स्थानमा हुँदै छ । कोरोना महामारीका बीच जुममार्फत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट उद्घाटन गरेका थिए ।

महासंघको ५४औं वार्षिक साधारण सभामा शुक्रबार बन्दसत्र सम्पन्न भएसँगै आगामी वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि निर्वाचन हुन लागेको हो । जसअनुसार ६३ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ । महासंघको निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लीलामणि पौडेलले अध्यक्षबाहेक महासंघको अन्य नयाँ कार्यसमिति चयनका लागि सम्पूर्ण तयारी पूरा भएको बताए ।

शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचनका लागि काठमाडौंका तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ । जिल्ला-नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फका लागि कार्की बैंक्वेट थापाथली र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान हुनेछ । राजधानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस