चितवन । कारागार कार्यालय चितवनबाट एक जना थुनुवा फरार भएपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । कारागार प्रशासन र स्थानीय प्रशासनले कारागारको सुरक्षा व्यवस्था थप कडा बनाएको हो ।
कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबरजस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । उनी बिहीबार साँझ ५ः३० वजे कारागारको पर्खाल नाघेर भागेका थिए । कालिका नगरपालिका–२ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
थुनुवा भाग्नु अघिनै कोरोना कहरका कारण कैदी बन्दीलाई भेटघाटमा रोक लगाइएको थियो । श्रेष्ठ भागेपछि कारागारको सुरक्षामा खटिएका प्रहरीहरुलाई चनाखो हुन निर्देशन दिइएको छ । आफ्नो जिम्मेवारीमा रहँदा जतिसुकै आवश्यक काम भए पनि अर्को व्यक्तिले जिम्मेवारी नसम्हालेसम्म काम नछोड्न कडा निर्देशन दिइएको काफ्लेले जानकारी दिनुभयो । बिहीबार सुरक्षाकर्मी परिवर्तन हुने समयमा भागेका थिए । कारागारमा नयाँ रणनीतिका साथ सुरक्षा व्यवस्था लागू गरिएको छ ।
क्षमताभन्दा तेब्बर कैदी बन्दी रहेको यस कार्यालयमा केही बन्दीको चापका कारण समस्या आइरहने गरेको छ । यस कारागारमा हाल दुई आश्रित बालबालिकासहित ७०२ जना कैदी बन्दी रहेका छन् । २५ जनाको क्षमता रहेको महिला कारागारमा ५६ जना र २५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा ६४४ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १२ मंसिर २०७७, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागारमा राखियो
रेशम चौधरीलाई कारागार बुझाइयो
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
रवि लामिछाने भैरहवा कारागार चलान
चितवन कारागारमा एक सय पचासभन्दा बढी दीर्घरोगी
कारागारका कैदीबन्दी आयआर्जनमा