गुल्मी । इस्मा गाउँपालिकामा आज भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नम्बरको जिप गाउँपालिकाको वडानम्बर ४ को हुलमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा ५ जनाको घटनास्थलमै र थप एकजनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए ।
मृत्यु हुनेहरु इस्मा गाउँपालिका ४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षका शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका ५ का ८० वर्षीय सुन्दरी थापा र १९ वर्षीय फर्सुराम थापा रहेका छन् ।
दुर्घटनामा इस्मा गाउँपालिका ४ हुलकै २८ वर्षीया सरस्वती दर्लामी र सहचाक २५ वर्षका कमल हितान घाइते भएका छन् । चालक वुद्ध बस्नेत भने सकुसल रहेका प्रहरीले जनाएको छ ।
घाइतेहरुको गुल्मी अस्पताल उपचार भइरहेको छ । प्रहरीका अनुसार जिपमा चालकसहित ९ जना सवार थिए । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ मंसिर २०७७, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते