नेकपा विवादः टुट्यो ओली र प्रचण्डबीचको संवाद

पत्रपत्रिकाबाट

शुक्रबार, १२ मंसिर २०७७, ०६ : ५९
नेकपा विवादः टुट्यो ओली र प्रचण्डबीचको संवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद चर्किँदै गइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा संवाद टुटेको छ ।

गत ३ मंसिरको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीमाथि गम्भीर आरोप लगाउँदै अध्यक्ष दाहालले प्रस्ताव पेस गरेपछि संवाद टुटेको हो । त्यसभन्दा अघि विभिन्न विषयमा छलफल हुँदै आएको भए पनि ३ मंसिरको सचिवालय बैठकयता अध्यक्षद्वय ओली र दाहालका बीचमा संवाद भएको छैन ।

हरेक समस्या आउँदा दुई अध्यक्षबीच संवादमार्फत समस्या समाधानको पहल हुने गरेको थियो तर अहिले उनीहरूबीच संवाद टुटेपछि समस्याहरू पनि थाती रहेको निकटस्थहरूले बताएका छन् । ओली पक्षले दाहालले प्रस्तुत गरेको प्रतिवेदनलाई अराजनीतिक प्रतिवेदनको संज्ञा दिँदै आएका छन् । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस