भारतीय विदेश सचिव हर्षबर्द्धन आइपुगे नेपाल

सफल खबर संवाददाता

विहीबार, ११ मंसिर २०७७, ११ : ३९
भारतीय विदेश सचिव हर्षबर्द्धन आइपुगे नेपाल

काठमाडौँ । २ दिने औपचरिक भ्रमणका लागि भारतीय विदेश सचिव हर्षबर्द्धन शृङ्गला नेपाल आइपुगेका छन् । शृङ्गला बिहान ११ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको विमानस्थल श्रोतले जनाएको छ । 

शृङ्गला भारतको नयाँ दिल्लीबाट विशेष विमानबाट नेपाल आएका हुन् । उनी आज भोलि नेपालमा रहने छन् ।  काठमाडौँ अवतरण भएलगत्तै शृङ्गला द्धावरिक होटल पुगेका छन् । (बिहीबार) आजबाट नै शृङ्गलाले औपचारिक भेट वार्ता शुरु गर्नेछन् ।

मध्यान्ह १२ बजे उनले परराष्ट्र मन्त्रालयमा परराष्ट्र सचिव भरत पौड्यालसँग भेटघाटको गर्ने कार्यक्रम रहेको छ भने त्यसपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटघाट गरी दुई देशको सम्बन्धको बारेमा कुराकानी गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवासमै गएर भेट्न छन् । त्यस लगतै शीतल निवासमा गएर राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस