काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री भोलि नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमणबारेर जानकारी गराएको छ ।
नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव मिश्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ ।
प्रधानमन्त्री केपी शर्मा ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारी छ । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुने जनाइएको छ ।
उनी दुई दिने भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली २ भदौमा फर्कनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ साउन २०८२, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसँग सिंहदबारमा भारतीय विदेश सचिवको शिष्टाचार भेट
भारतीय विदेश सचिवको नेपाल बसाइँ, यस्तो छ कार्यतालिका
नेपाल आइपुगे भारतीय विदेश सचिव विक्रम मिस्री