काठमाडौ । भारतीय विदेशसचिव विक्रम मिस्री नेपाल भ्रमणमा आइतबार काठमाडौँ आइपुगेका छन् । भ्रमणको क्रममा उनको दुई दिने नेपाल बसाइँको यस्तो छ कार्यतालिका ।
विदेशसचिव विक्रम मिस्रीले आज ११ बजे प्रधानमन्त्री ओलीलाई सिंहदरबारमा भेटदै छन । त्यस लगत्तै उनको भारतीय दूतावास जाने कार्यक्रम रहेको छ ।
२ बजे काङ्ग्रेस सभापति शेर बहादुर देउवालाई र ३ बजे प्रचण्डलाई भेट्ने कार्यतालिका रहेको छ । बेलुका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले उनको सम्मानमा रात्री भोजको आयोजना गर्ने भएका छन । भदौ २ गते सचिव मिश्रीले पशुपतिको दर्शन गरेर स्वदेश फर्किने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ अन्तिम साता हुने भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुको साथै एजेन्डाको विषयमा छलफल गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ भदौ २०८२, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसँग सिंहदबारमा भारतीय विदेश सचिवको शिष्टाचार भेट
नेपाल आइपुगे भारतीय विदेश सचिव विक्रम मिस्री
भारतीय विदेश सचिव भोलि काठमाडौं आउँदै