नेपाली सेनाद्वारा बम निष्क्रिय

रासस

आइतबार, ०७ मंसिर २०७७, १८ : ४९
नेपाली सेनाद्वारा बम निष्क्रिय

सांकेतिक तस्विर

काठमाडौं । नेपाली सेनाको बम डिष्पोजल टोलीले हुम्लाको सिमकोट गाउँपालिका–६ मा रहेको कृषि विकास कार्यालयको मूलगेटमा भेटिएका दुई वटा सकेट बमलाई  निष्क्रय गरिदिएको छ । 

सो कार्यालयका कार्यालय सहयोगी रामदल रावतका अनुसार आज बिहान कार्यालय खोल्ने क्रममा मूलगेट अगाडि शङ्कास्पद वस्तु भेटिएको थियो ।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीसहित सशस्त्र प्रहरी बल र  सेनाको टोलीले निरीक्षण गर्दा  बाल्टिन बम र  सकेट बम रहेको  पुष्टि भएको थियो । ती बम सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिनुभयो ।  जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रहरीले जनाएको छ ।