काठमाडौं । आठ महिनादेखि बन्द कञ्चनरुप नगरपालिकामा आइतबारदेखि अध्ययनअध्यापन शुरु हुने भएको छ । कञ्चनरुप नगरपालिकाअन्तर्गत रहेको माध्यमिक तह र क्याम्पस तहका कक्षा आइतबारदेखि सञ्चालन गर्न लागिएको कञ्चनरुप शिक्षा शाखाले जनाएको छ ।
शैक्षिकसत्र खेर जाने जोखिम बढेपछि सरकारले कोभिड–१९ महामारीको अवस्था विश्लेषण गरेर भौतिकरूपमै विद्यालय सञ्चालन गर्न दिने भएपछि स्वास्थ मापदण्ड अपनाई कक्षा सञ्चालन गर्न लागिएको शिक्षा शाखा अधिकृत प्रेमकुमार चौधरीले बताउनुभयो । चौधरीका अनुसार विद्यालयमा हात धुने पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने–गराउने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने अन्य सुरक्षा उपकरण प्रयोग गर्ने र घरमा समेत त्यसको अभ्यास गराइने छ ।
कोभिड–१९ का कारण गत चैत महिनादेखि बन्द रहेको विद्यालय खोल्न लागिएको नगर प्रमुख वसन्तकुमार मिश्रले बताउनुभयो । नगरपालिकाको शिक्षा समितिको गत कात्तिक १९ गतेको निर्णयले यही मङ्सिर ७ गतेदेखि विद्यालय खुलाउने निर्णय गरेको थियो ।
लामो समयदेखि बन्द विद्यालयमा सामाजिक दूरी कायम गरी पठनपाठन सञ्चालन गर्न परिपत्र भएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले बताउनुभयो । यस निर्णयसँगै नगरपलिकाभित्र सामुदायिक र निजी गरी १५ माध्यमिक विद्यालय तथा चार कलेज (क्याम्पस) सञ्चालनमा आउनेछन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०६ मंसिर २०७७, २० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा
शीतलहरसँगै धमाधम विद्यालय बन्द
चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै, विद्यालय सञ्चालनमा
निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्तो विद्यालय रुँग्दै शिक्षक
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा