काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि चितवनमा भएको अभद्र व्यवहारको घटनाको भत्सर्ना गरेका छन् ।
खनालले शनिबार एक विज्ञप्तिमार्फत कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय रहेको बताएका छन् ।
‘कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणबसमेत गराउँछु’, खनालले विज्ञप्तिमार्फत भनेका छन् ।
पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरुले स्थितिलाई झन् उत्तेजित बनाउनेतर्फ सचेत रहन पनि उनले सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुरोध गरेका छन् ।
विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनाउन आफ्नो गृह जिल्ला चितवनमा रहेका पाण्डेमाथि राप्ती नगरको पार्टीको बैठकमा सहभागी भई भाषण गरिरहेको बेला भएको अभद्र व्यवहार भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ मंसिर २०७७, १९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन दिन हुँदैन : झलनाथ खनाल
मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ : झलनाथ खनाल
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल