सिरहा । छठ घाटबाटै सिरहाको औरहीमा कटुवा पेस्तोल र गोलीसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा औरही गाउँपालिका ५ का २४ वार्षिय रबिन दास रहेका जिल्ला प्रहरी सिरहाले जनाएको छ । उनको साथबाट एक थान लोडेडकटुवा पेस्तोल र २ थान गोली बरामद भएको जिल्ला प्रहरी प्रमुख उमा शकर पजियाले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार स्थानीय विनोद यादवलाई गोली मार्ने योजना बनाएका थिए दास । तर योजनाबारे प्रहरीले सूचना पाएपछि तत्कालै छठ घाट पुगेर उनलाई नियन्त्रण लिएको छ ।
औरही प्रहरीले दासलाई अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखेकोजिल्ला प्रहरी सिरहाका प्रहरी प्रमुख उमा शकर पजियाले जनाएको छ । यादव सग दासको पुरानो रिसिबिरहेको कारणले विनोद यादवलाई गोली मार्ने योजना बनाएर गोलिहान्न छठको घाटमा दास गएको सिरहाका प्रहरी प्रमुख पजियाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ मंसिर २०७७, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ