ढकाल प्यानलको विजयी यात्रा सुरु, दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

सफल खबर संवाददाता

विहीबार, ०४ मंसिर २०७७, २१ : ०६
ढकाल प्यानलको विजयी यात्रा सुरु, दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवारहरु सर्वसम्मत चयन भएका छन् । प्रदेश १ का तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दीप अग्रवाल केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।

सात प्रदेशका लागि एक/एकवटा कोटा केन्द्रीय सदस्यका लागि छुट्याइएको हुन्छ । जसमा प्रदेश एकबाट राउत सर्वसम्मत चयन भएका हुन् । महासंघको प्रदेश एक कमिटीका उपाध्यक्षसमेत हुन् ।

द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट पनि एकजनाको मात्रै उम्मेदवारी परेपछि अग्रवाल चयन भएको महासंघ निर्वाचन समितिले जनाएको छ । अग्रवाल नेपाल–इन्डोनेसिया उद्योग वाणिज्य संघका अध्यक्ष हुन् ।

केन्द्रीय सदस्यमा निर्वाचित राउतलाई बधाई दिदै पूर्व अध्यक्ष चण्डि ढकाल, वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र ढकाल लगायत
उनीहरु सर्वसम्मत चयन भइसके पनि औपचारिकरुपमा विजयी घोषणा  भैसकेको छैन । उनीहरु दुवैजनाले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको समूहबाट उम्मेदवारी दिएका थिए । अन्य पदमा भने चुनाव हुनेछ ।

महासंघको ५४औं वाषिर्क साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस