काठमाडौँ । निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने युवकलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर, भक्तपुरको टोलीले भक्तपुर नगरपालिका–२ टौमढीबाट १८ वर्षीय विशेष जोशीलाई पक्राउ गरेको हो । परिसरको टोलीले पक्राउ गरी थप अनुसन्धान गर्न साइबर ब्युरोलाई बुझाएको छ ।
भक्तपुर प्रहरीका अनुसार टिकटकमा भिडियो अपलोड गरेको आरोपमा जोशीलाई नेपाल प्रहरीको साइबर ब्यूरोको समन्वयमा पक्राउ गरिएको हो ।
सार्वजनिक भएको भिडियोमा श्रेष्ठलाई मोटरसाइकलमा रहेको समूहले अपमानजनक शब्द प्रयोग गरी निकिशामाथि दुर्व्यवहार गरिएको देखिन्छ । सार्वजनिक भएको भिडिओमा निकिशामाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरिएको देखिन्छ । आफूलाई दुर्व्यवहार भएपछि श्रेष्ठले ती मानिसलाई लखेटेकी छन् ।
भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई घटनाको छानबिन गर्न निर्देशन गर्न पत्राचार गरेको थियो ।
प्रहरीका अनुसार भिडियो खिच्ने अन्य दुईजना फरार रहेको र खोजीकार्य जारी छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ मंसिर २०७७, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाजुको हत्या गरी फरार युवक पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
गोली प्रहार गरेर भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ
निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ
गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ