काठमाडौं । शीतल निवासमा राष्ट्रपति र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता सकिएको छ । स्रोतका अनुसार पार्टीभित्रको विवाद र त्यसको समाधानका विषयमा नै राष्ट्रपति र प्रचण्डबीच छलफल भएको थियो ।
नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड शीतलनिवास पुग्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । राष्ट्रपतिलाई भेट्न प्रचण्ड प्रचण्ड साँझ साढे ५ बजे शीतल निवास पुगेका प्रचण्डले त्यहाँ करिब दुई घण्टा बिताएको शीतल निवास स्रोतले जनाएको छ । यसअघि राष्ट्रपति भण्डारीले अध्यक्ष ओली र महासचिव विष्णु पौडेल तथा उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर नेकपाको विवादप्रति चासो राखेकी थिइन् ।
राष्ट्रपति भण्डारीले अध्यक्ष प्रचण्डसँगको कुराकानीमा पार्टी विभाजन भए प्राप्त उपलव्धिहरु पनि गुम्ने अवस्था आउनसक्ने भन्दै मिलेर जान सुझाव दिएकी थिइन् ।
‘तपाईंहरु मिलेर जाँदा नै राम्रो हुन्छ । पार्टी फुट्दा आन्दोलन र उपलब्धि पनि गुम्ने खतरा हुन्छ भन्ने सदासयता नै राष्ट्रपतिको हो’, प्रचण्डलाई राष्ट्रपतिले दिएको सुझावलाई उदृत गर्दै स्रोतले भन्यो, ‘बरु चाँडो महाधिवेशन गर्नुस् र एकल अध्यक्ष तपाईंनै बन्दा पनि हुन्छ । तपाईंहरु दुईजना मिल्यो भने जस्तै कठिन कामपनि सहजै हुन्छ । त्यसैले त्यतातर्फ विचार पुर्याएर निर्णय गर्दा राम्रो हुन्छ ।’ भोलिको बैठक अन्योल कायमै ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ मंसिर २०७७, २० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड