 
                                    पर्सा । पर्सा प्रहरीले सोमबार चार किलो आठ सय ९० ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका १६ मितेरीपुल नजिकैबाट वीरगञ्ज महानगरपालिका ३, छप्कैयाका २८ वर्षीय अभिषेक श्रीवास्तव र वडा नं. ५ का २३ वर्षीय धिरज पटेललाई पक्राउ गरेको हो ।
नेपालबाट भारत जाँदै गरेका पैदल यात्रुहरुलाई शंकालगि जाँच गर्ने क्रममा प्रहरीले अभिषेक र धिरजको साथबाट २ किलो ४ सय ४५ का दरले चरेस बरामद गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धान र कार्वाहीको लागि वडा प्रहरी कार्यालय विर्तामा राखिएको छ ।
 
                
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०२ मंसिर २०७७, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति कार्यालयमा तोडफोड र लुटपाट गर्ने तीन जना पक्राउ
जेनजी आन्दोलनमा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गरेको आरोपमा तीन जना पक्राउ
नख्खु कारागारबाट फरार भएका लामा काठमाडौँको गुजेश्वरि मन्दिरबाट पक्राउ
प्रहरी वृत्त महाराजगञ्जका जवान थापाको हत्यामा संलग्न थप दुई जना पक्राउ
पेस्तोलसहित एक जना पक्राउ
लागु औषधसहित एक युवक पक्राउ