पर्सा । पर्सा प्रहरीले सोमबार चार किलो आठ सय ९० ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका १६ मितेरीपुल नजिकैबाट वीरगञ्ज महानगरपालिका ३, छप्कैयाका २८ वर्षीय अभिषेक श्रीवास्तव र वडा नं. ५ का २३ वर्षीय धिरज पटेललाई पक्राउ गरेको हो ।
नेपालबाट भारत जाँदै गरेका पैदल यात्रुहरुलाई शंकालगि जाँच गर्ने क्रममा प्रहरीले अभिषेक र धिरजको साथबाट २ किलो ४ सय ४५ का दरले चरेस बरामद गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धान र कार्वाहीको लागि वडा प्रहरी कार्यालय विर्तामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०२ मंसिर २०७७, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ