काठमाडौं । गृह मन्त्रालयको नेतृत्व सम्हालेको करिब एक महिनापछि २०७४ चैत १९ गते आफ्नो ८२ बुँदे गृह प्रशासन सुधारसम्बन्धी कार्ययोजना सार्वजनिक गर्दै मन्त्री रामबहादुर थापा बादलले भनेका थिए, ‘अपराधविरुद्ध शून्य सहनशीलताको नीति अपनाइनेछ ।
अपराधका घटनामा पनि कमी आउने छन् ।’ त्यही कार्यक्रममा उनले जोड दिँदै भनेका थिए, गुन्डागर्दी र अपराध गर्नेलाई कठघरामा ल्याइनेछ । २०७४ फागुन १४ गते गृहमन्त्री बनेका थापाले ‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन– विकास र समृद्धिका लागि शान्तिसुरक्षा र सुशासन’ नारा दिएर ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना जारी गरेका थिए ।
कार्ययोजनाको ११ नम्बर बुँदामा पनि ‘अपराधविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न निर्देशिका तर्जुमा गरी लागू गर्ने’ भनिएको छ । यसको मूल उद्देश्य अपराधका घटनामा कमी ल्याउने थियो ।
थापा गृहमन्त्री भएको ३२ महिना नाघिसकेको छ तर कार्ययोजनामा भनेअनुसार अपराधको ग्राफ घट्नुको सट्टा झनै बढेर गएको छ । खासगरी व्यक्ति हत्या, महिला, बालबालिकाजन्य अपराध र आत्महत्यासम्बन्धी कसुरका घटनाको ‘ग्राफ’ बढेर गएको सातवटै प्रदेशको अपराध तथ्यांकले देखाएको खबर कान्तिपुरमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २७ कार्तिक २०७७, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव