काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका त्रय अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनीबीच आज बैठक बसेको छ ।
पार्टी अध्यक्ष कमल थापाको बुढानिलकण्ठ पासिकोटस्थित निवासमा बसेको बैठकले देशको राजनीतिक अवस्था र पार्टी संगठनको समिक्षा गर्दै भावि कार्यक्रमवारे छलफल गरेको छ ।
स्थानीय तहमा पार्टी समायोजनलाई तिव्रता दिने तथा कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार लगायतका विषयलाई लिएर जनसंघर्ष गर्नेबारे समेत छलफल भएको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ कार्तिक २०७७, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् राप्रपाले बुझाएको ११० समानुपातिक उम्मेदवारहरू (सूची)
भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज