प्रधानमन्त्री ओलीले यसरी तोड्दैछन् स्थायी समितिको निर्णय

सफल खबर संवाददाता

आइतबार, २३ कार्तिक २०७७, १० : ०७
प्रधानमन्त्री ओलीले यसरी तोड्दैछन् स्थायी समितिको निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टी निर्णय उल्लंघन गरेका छन् । दुई अध्यक्षका बीचमा भएको कार्य विभाजनप्रति फेरि असन्तुष्टि जनाउँदै उनले सार्वजनिक अभिब्यक्ति दिएका हुन् ।

पार्टी एकताका क्रममा आलोपालो प्रधानमन्त्री चलाउने सहमतिमा प्रचण्डले लचिलो बन्दै ओलीलाई नै ५ वर्ष सरकार चलाउन दिने र आफुले पार्टीको काम गर्ने गरि समझदारी गरेका थिए । सचिवालयले गत वर्षको मंसिरमा गरेको उक्त सहमतिमा ओलीले सहमति गरेको भोलिपल्टै म नै कार्यकारी हुँ , पहिलो नम्बरको अध्यक्ष हु भन्दै निर्णयमाथी धावा बोलेका थिए ।

त्यक्ति मात्र होइन, त्यसबीच प्रचण्डको नेतृत्वमा स्थायी समिति र गत माघमा पार्टी केन्द्रीय समितिको बैठक समेत बसेपछि ओली पक्षले प्रचण्डलाई असफल तुल्याउन अनेक तिकडम बाजी गर्न थाले । सहमतिमा तगारो हाल्दै पार्टी बैठक राख्न नदिने रणनीति अन्र्तगत ओली पक्षले राजनीतिक सिफट गर्यो । पार्टी कामलाई अगाडी बढाउन सधै झै अल्झन मात्र दिने काम गर्यो । त्यसपछि उनले पार्टीलाई अवरुद्द पार्ने, सरकारमा पनि एकलौटी गर्दै जाने काम गरे । पार्टीका बहुमत नेताहरुको आवाजलाई उनले वेवास्ता गर्दै अगाडी बढे ।

पार्टी विभाजन गर्ने गरी देश लकडाउनमा रहेका बेला अध्यादेश ल्याउने, अर्काको पार्टी विभाजन गर्न सांसद समेत अपहरण गराउने काममा उनले मेहनत गरे । आफ्नो पार्टीमा आफनो पक्षमा बहुमत जुटाउन अनेक झेली काम ओलीले गरे । फलस्वरुप फेरि नेकपाभित्र चर्काे विवाद जन्मियो । उनको पार्टीभित्रै अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा माग भयो । तर पनि सहमतिबाटै अगाडी बढ्न र पार्टी एकतालाई जोगाउन प्रचण्ड लगायतका नेताहरुले मेहनत गरिरहे । आखिरमा कार्यदल हुदै गत भदौं २६ मा एउटा सहमति बन्यो । त्यहा प्रष्ट लेखिएको छ दुई अध्यक्षको कार्यविभाजनका सन्र्दभमा ।

हेर्नुहोस दुई अध्यक्षको कार्यविभाजन सम्बन्धी पछिल्लो पार्टी निर्णय :


 
तर ओलीले अहिले उक्त सहमतिलाई तोडेका छन् । उनले त्यसबेला सहमति गर्नका लागि मात्र गरिदिएको भन्दै गै¥ह जिम्मेवार प्रर्दशन गरेका छन् । उनले पार्टी निर्णयलाई चुनौती मात्र दिएका छैनन् , पार्टीका अध्यक्ष प्रचण्ड माथी अनावश्यक आरोप समेत लगाएका छन । उनले अहिले दुई अध्यक्षको कार्यविभाजनका सन्र्दभमा एक दैनिक पत्रिकालाई दिएको अन्र्तवार्तामा यस्तो भनेका छन्, – म प्रथम अध्यक्ष हो । उहाँ (प्रचण्ड) द्धितिय अध्यक्ष । म पनि कार्यकारी हो, उहाँ पनि कार्यकारी ।

हामी कहाँ प्रथम अध्यक्षचाँही झन सेरोमोनियल हुन्छ र ? कार्यकारी हो । जब प्रथम अध्यक्ष छ भने त्यस ठाँउमा दोश्रो अध्यक्षले अध्यक्षता गर्न पाऊँ भन्न मिल्छ ? पार्टीको काम सबैले मिलेर गर्ने हो । म पार्टी चलाउन पाऊँ रे ! के भनेको त्यो ? प्रथम अध्यक्ष छँदाछँदै द्धितिय अध्यक्षले अध्यक्षता गर्न पाऊँ भन्नु सभापति हुँदाहँुदै उपसभापतिले अध्यक्षता गर्न पाऊँ भन्ने कुरा जस्तै हो ।

द्दितिय अध्यक्ष भनेको द्दितिय अध्यक्ष नै हो । आफनो काम नगर्ने ,पार्टी सञ्चालनको काम नगर्ने, एकता, एकीकरणको काम नगर्ने, बाँकी काम टुग्याउने भनेको होइन ? खोई गरेको ? त्यस दिशामा काम नगर्ने ? अनि गुटबन्दी के का लागि गर्ने ? गुटमा सधैं प्रधानमन्त्रीको आलोचना गरेको छ । प्रधानमन्त्री भएन भनेको छ ।

प्रधानमन्त्री भएन भनेको के हो ? को हुनुपर्छ भनेको ? आफु हुनुपर्छ भनेको ? यसले पनि देखाउँछ ओलीको दम्भ र घमण्ड । उनलाई पार्टी बैठक बोलाउन नेताहरुले माग गर्दा उनले ठाडै अस्वीकार गरिरहेका छन् । म नै सर्वाेसर्वा शैलीमा ओलीको स्वेच्छाचारिता ओलीको देखिन्छ । 
 

प्रतिक्रिया दिनुहोस