म्यानचेस्टरद्धारा एभरटन ३–१ ले पराजित

एजेन्सी

आइतबार, २३ कार्तिक २०७७, ०८ : ०५
म्यानचेस्टरद्धारा एभरटन ३–१ ले पराजित

एजेन्सी । लिभरपुल इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले  एभरटनलाई ३–१ ले हराएको छ । शनिबार भएको खेलमा म्यानचेस्टरले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर सहज जित निकाल्न सफल रह्यो । 

जितसंगै म्यानचेस्टरका व्यवस्थापक ओले गन सोल्सारमाथि रहेको दबाब पनि कम भएको छ । युरोपा लिगमा इस्टानबुल बसाकसेहिरसँग पराजित भएपछि सोल्सार दबाबमा थिए । तर यो जितले क्लब र व्यवस्थापक दुवैलाई राहत दिनेछ ।

एभरटनले बर्नाडको गोलले अग्रता लिए पनि त्यसलाई लामो समय कायम राख्न सकेन । पहिलो हाफमै म्यानचेस्टरका लागि ब्रुनो फर्नान्डेजले दुई गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयमा एडिसन कभानीले तेस्रो गोल गरे । यो उनको क्लबका लागि डेब्यु गोल रह्यो । जितपछि म्यानचेस्टरको ६ खेलबाट ११ अंक भएको छ भने एभरटन १३ अंकमा पाँचौं स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस