कावासोती । दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए । दुवै जनाको शव बुधबार साँझ करिब सात बजे गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो ।
प्रहरी उपरीक्षक मल्लका अनुसार एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो । दुई दिनदेखि हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक मल्लले बताए । मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०७७, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको जङ्गलमा एक पुरुष मृत फेला
महिला झुण्डिएको अवस्थामा मृत फेला
कलाकार अभिनास झाकी पत्नी मृत फेला
कैलालीमा १६ दिनकी सुत्केरी नालामा मृत फेला
अस्पतालको गेट अगाडि ४५ वर्षीय पुरुष मृत फेला
रुपन्देहीमा युवती जलेको अवस्थामा मृत फेला