चन्द्रप्रसाद ढकाल समूहको उम्मेदावरी दर्ता

सफल खबर संवाददाता

मंगलबार, १८ कार्तिक २०७७, १८ : १८
चन्द्रप्रसाद ढकाल समूहको उम्मेदावरी दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालसहित उनको प्यानलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । 

कोभिडका कारण गत चैतमा स्थगित भएको निर्वाचन आगामी मंसिरमा हुँदैछ । मंसिर ११, १२ र १३ गते हुने निर्वाचनमा महासंघका वर्तमान उपाध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला÷नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसियट उपाध्यक्षमा रामचन्द्र सांघाइले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि ढकालले नीजि क्षेत्रका आर्थिक मुद्दा उठाउन साना, मझौला र ठूला उद्योगि व्यवसायीहरु मिलेर अगाडी बढ्ने बताए । सबै प्रकारका व्यवसाय सञ्चालन गरी विदेशी लगानी समेत प्रवद्र्धन गर्ने उल्लेख गर्दै उनले देश विदेशमा रहेका लाखौ नेपालीहरुका लागि रोजगारी सिर्जना हुने औद्योगित वातावरण सिर्जना गर्ने बताए ।

ढकाल प्यानलबाट महासंघको केन्द्रीय सदस्यमा केन्द्रीय सदस्यहरुमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकास अधिकारी, जय सिवाकोटी, सुवास भण्डारी, प्रकश सिंह कार्की, भक्त हमाल, सुबोध कुमार गुप्ता, सुमित केडिया, रविन कुमार श्रेष्ठ र नरेश लाल श्रेष्ठ उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस