विराटनगर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा गएको टोलीले मोरङ मिक्लाजुङ गाउँपालिका–१ स्थित बिजुलीप्रसाद तिम्सिनाको घर खानतलासीका क्रममा बुधबार साँझ उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा इलाम चुलाचुलीका १८ वर्षीय सनम भन्ने विज्ञान राई र सप्तरीको सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतीक भन्ने काशीनाथ घिमिरे छन् । उनीहरुको साथबाट हातहतियार, खरखजना, बिष्फोटक पदार्थ, विप्लव समूहको दस्तावेज र बन्दोवस्तीका सामानहरु बरामद भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धान र सोधपुछ गर्दा पक्राउ परेकामध्ये काशीनाथ घिमिरे विप्लव नेतृत्वको नेकपा पूर्वी कमाण्ड मेची/कोशी व्यूरो चौथो कम्पनीका कम्पनी कमिशनर (पूर्व सप्तरी जिल्ला सेक्रेटरी) र विज्ञान राई पार्टीको साधरण सदस्य रहेको देखिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १३ कार्तिक २०७७, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब