काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा २ नं प्रदेश कमिटी सदस्य मानपुर चौधरीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
आज ट्वीटमार्फत उहाँले चौधरीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदना व्यक्त गर्नुभएको छ । सप्तरी, कञ्चनरुप नगरपालिका–४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज निधन भएको हो ।
उहाँ २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ११ कार्तिक २०७७, १८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?