काठमाडौँ सुन्धाराको नेपाल मदनी मस्जिदमा तोडफोड

सफल खबर संवाददाता

शनिबार, ०८ कार्तिक २०७७, १५ : ०७
काठमाडौँ सुन्धाराको नेपाल मदनी मस्जिदमा तोडफोड

file-photo

काठमाडौं ।  काठमाडौंको सुन्धारामा रहेको नेपाल मदनी मस्जिदमा शनिबार बिहान तोडफोड भएको छ। नचिनेका समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेका हुन्। मस्जिद भत्काइएपछि काठमाडौंमा रहेका मुस्लिम समुदाय चिन्तित र आक्रोशित बनेका छन्। 

निर्माणधीन धरहराको ठिक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ। 

घटनालाई नेपाल मुस्लिम संघले समेत विरोध गरेको छ। मुस्लिम संघका अध्यक्ष अब्दुल सतारले  घटना मस्जिद माथिको आक्रमण मात्रै नभएर सम्पूर्ण नेपाली मुस्लिममाथिको आक्रमण भएको बताए। 

प्रतिक्रिया दिनुहोस