आईपीएल : राजस्थानले चेन्नईलाई ७ विकेटले पराजित गर्यो, चेन्नईको प्ले अफमा पुग्ने सम्भावना कम बन्दै

एजेन्सी

मंगलबार, ०४ कार्तिक २०७७, ०८ : ४७
आईपीएल : राजस्थानले चेन्नईलाई ७ विकेटले पराजित गर्यो, चेन्नईको प्ले अफमा पुग्ने सम्भावना कम बन्दै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट मा राजस्थान रोयल्यले चेन्नई सुपरकिंग्सलाई ७ विकेटले पराजित गरेको छ ।  सोमबार अबुधाबीमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै चेन्नईले १ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी व्याटिंगमा उत्रिएको राजस्थानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य प्राप्त गरेको थियो । यो सिजन राजस्थानले चेन्नईलाई दोस्रो पटक पराजित गरेको हो । सिजनको सातौँ हारसँगै चेन्नईको प्लेअफको यात्रा कठिन बनेको छ । उता, राजस्थान अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ ।

राजस्थानलाई जीत दिलाउन जोस बटलरले आईपीएलमा आफ्नो ११ औँ अर्धशतक लगाए । उनले ४८ बलमा नटआउट रहँदै ७० रन बनाए । बटलरले चौथो विकेटका लागि स्टिभ स्मिथसँग मिलेर ९८ रनको साझेदारी गरे । उनी म्यान अफ द म्याच चुनिए । स्मिथले नटआउट रहँदै २६ रन बनाए ।

दुई जनाले ५ ओभरमा ४५ रन बटुल्दै टोलीलाई जीत दिलाए । चेन्नईका लागि दीपक चाहरले २ तथा जोश हेजलवुडले १ विकेट लिए । यो खेल खेल्दै धोनीले आईपीएलमा २ सयौँ खेल पुरा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस