चितवनमा वडा सदस्यको कोरोना सङ्क्रमणबाट मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०१ कार्तिक २०७७, १० : २०
चितवनमा वडा सदस्यको कोरोना सङ्क्रमणबाट मृत्यु

चितवन । खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पाण्डे  क्यान्सर रोगबाटसमेत पीडित थिए । 

भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनमा असोज २८ गते सङ्क्रमण  पुष्टि भएको थियो । आईसोलेसनमा रहेका उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो ।

खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो ।  अस्पतालको कोभिड सघन उपचार कक्षमा  भेन्टिलेटरमा राखी उहाँको उपचार भईरहेको थियो । उनी नेपाली काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचित भएका थिए ।  

नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनमा गहिरो दुःख प्रकट गरेका छन् । यस अघि जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर २० का निर्वाचित वडा अध्यक्षको पनि कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस