पिएसजीको शानदार जित, एमबाप्पेले गरे दुई गोल

एजेन्सी

शनिबार, ०१ कार्तिक २०७७, ०८ : १३
पिएसजीको शानदार जित, एमबाप्पेले गरे दुई गोल

एजेन्सी ।  साबिक विजेता पेरिस सेन्ट–जर्मेन ९पिएसजी० ले फ्रेन्च लिग वान फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा जित हासिल गरेको छ ।

अवे मैदानमा भएको खेलमा पिएसजीले १० खेलाडीमा सीमित भएको निम्सलाई ४–० ले पराजित गरेको हो । १२ औँ मिनेटमा ल्याण्डर सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि निम्स १० खेलाडीमा सीमित भयो ।

पिएसजीका लागि केलियन एमबाप्पेले ३२ औँ मिनेटमा पहिलो गोल गरेर अग्रता दिलाए । ७७ औँ मिनेटमा फ्लोरेन्जी तथा ८३ औँ मिनेटमा एमबाप्पेले ८३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

सराबियाले ८८ औँ मिनेटमा गोल गरेपछि पिएसजी ४–० ले विजयी भयो । जितपछि सात खेलबाट १५ अंकसहित पिएसजी शीर्ष स्थानमा पुगेको छ । शुक्रबार राति नै भएको खेलमा डिजोनसँग १–१ को बराबरी खेलेको रेनिस समान १५ अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस