मन्त्रालय खोसिएपछि इश्वर पोखरेलको पहिलो प्रतिक्रिया

‘फराकिलो दायरा र महत्वपूर्ण दायित्वसहित नयाँ खालको जिम्मेवारी पाए’ : इश्वर पोखरेल

सफल खबर संवाददाता

विहीबार, २९ असोज २०७७, १० : ०२
‘फराकिलो दायरा र महत्वपूर्ण दायित्वसहित नयाँ खालको जिम्मेवारी पाए’ : इश्वर पोखरेल

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बुधबार पूर्नगठन गरेको मन्त्रीमण्डलमा दोश्रो वरियताकै उपप्रधानमन्त्री इश्वर पोखरेलको जिम्मेवारी खोसियो । उनले सम्हाल्दै आएको रक्षा मन्त्रालय स्यवं प्रधानमन्त्रीले आफ्नै मातहात राखे ।

पोखरेललाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ताने । प्रधानमन्त्री ओली स्यवं सक्रिय हुने र सबैतिर हस्तक्षेप बढाईरहने स्वभावका ब्यक्तिले सम्हालिरहेका जिम्मेवारीमा पोखरेललाई ओलीले छायाँ प्रधानमन्त्रीका रुपमा के जिम्मेवारी देलान् ? नेकपाभित्र पोखरेलको मन्त्रालयका बारेमा अहिले यिनै प्रश्न उठ्छ । 

जसरी पनि मन्त्रीमा टिकिरहने तर ओलीका नजरमा भने भरपर्दा नदेखिने पोखरेलले राजनीतिक इमान भएका भए अहिले उनलाई दिएको पद उनले अस्वीकार गर्थे । तर उनले त्यसलाई नयाँ र फरक खालको जिम्मेवारी भनेर स्वीकार गरेका छन् । मन्त्रालय खोसिएपछि पोखरेलले पहिलो प्रतिक्रिया दिएका छन्, –‘सरकार गठनको सुरु देखि नै यस किसिमको जिम्मेवारीबारे प्रधानमन्त्रीले भन्दै आउनुभएको थियो । फराकिलो दायरा र महत्वपूर्ण दायित्व भएकाले प्रधानमन्त्रीले प्रधानमन्त्री कार्यालयका लागि छुट्टै मन्त्रालयको अवधारणा ल्याउनुभएको हो । त्यसैमा मलाई जिम्मेवारी तोक्नुभएको हो ।’

इश्वर पोखरेल यस्ता पात्र हुन्, उनलाई ओलीले पार्टी एकताका क्रममा महासचिव पदबाट हटाईदिएका थिए । उनले महासचिवमा पोखरेललाई अगाडी नसारेर विष्णु पौडेललाई अगाडी सारिदिएका थिए । उनले शुरुमा सरकारमा सहभागी हुदा अर्थमन्त्री ताकेका थिए । तर उनले उक्त पद पाएनन् । रक्षामन्त्रालयको जिम्मेवारीमा लगियो ।

पछि उनको सेनासँग विवाद भयो । रक्षामा बसेर पनि उनी अलोकप्रिय भएपछि ओलीले उनलाई सरकारबाटै हटाउन चाहेका थिए । तर राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई क्याबिनेटमै राखीरहन प्रधानमन्त्रीसँग आग्रह गरेपछि मात्र उनको अहिलेको पद जोगिएको हो । तर पोखरेल यसलाई आफ्नो फरक जिम्मेवारीका रुपमा अथ्र्याउन चाहिरहेका छन् । तर उनलाई प्रधानमन्त्रीले उपेक्षा गर्दै आफु मातहत नै विभागिय जिम्मेवारी नदिई थन्काईएको विषयमा भने केही बोलेका छैनन् ।
 

प्रतिक्रिया दिनुहोस